प्रतिनिधि सभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ ।
संसद बैठक सुरू भइसक्दा मन्त्रिपरिषदका कुनैपनि सदस्य उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
सभामुख घिमिरेले सांसद यादवको कुरा ध्यानाकर्षण भएको भन्दै बैठक १५ मिनेटपछि बस्नेगरी स्थगित गरे ।
उनले प्रतिनिधि सभा बैठकमा मन्त्रिपरिषद्का सदस्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको तर आज कुनैपनि मन्त्री नदेखिएको भनेपछि सभामुखले बैठक १५ मिनेट स्थगित भएको घोषणा गरेका थिए।
Discussion about this post