Khabar Samachar

Search
Close this search box.

सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छः माधव नेपाल

201
VIEWS

 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन्।

शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा पत्रकारहरूसँगको कुराकानीमा बदलिँदो राजनीतिक परिस्थितिमा सरकारले संसदको सामना गर्नुपर्ने आँट राख्नुपर्ने बताएका हुन्।

‘हामी अहिलेको सरकारमै छौं। यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ,’ उनले भने।

अध्यक्ष नेपालले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन्छु भनेको कुरालाई आफ्नो पार्टीको समर्थन रहेको पनि बताए।

उनले संविधान संसोधन गर्ने भनेर कांग्रेस र एमालेले सरकार बनाउँदा बाँकी दलहरूसँग छलफल नगरेको पनि असन्तुष्टि व्यक्त गरे।

‘यति महत्वपूर्ण राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर अगाडि बढ्नुपर्थ्यो। दुइटाले खुसुक्क गर्नेकुरा उचित होइन। यसलाई जायज भन्न सकिँदैन। कम्तिमा १२/१३ वटा पार्टीहरू छन् तिनिहरूलाई बोलाएर यसो गरौं न भनिएको भए के बिग्रिन्थ्यो,’ उनले भने।

नयाँ सरकार बनाउने भएपछि कांग्रेसबाट कुनै आग्रह नभएको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित