Khabar Samachar

Search
Close this search box.

जयन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप

202
VIEWS

बाँकेस्थित जयन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप भएको छ।

गएराति डडुवा गाउँपालिका-६ स्थित सुधार गृहमा खाना खाने विषयमा कैदीबन्दीबीच झडप भएको थियो।

झडपपछि ६० जना कैदीबन्दीहरू सुधार गृहबाट निस्किएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले जानकारी दिए।

तीमध्ये ५८ जनालाई नियन्त्रणमा लिइसकेको उनले बताए। २ जना कैदीबन्दीको अझै खोजी जारी रहेको एसपी कार्कीले बताए।

जयन्दु बालसुधार गृहको प्रमुख बिमला काउचामगरका अनुसार अहिलेसम्म फरार दुई बालकैदी भारतीय नागरिक हुन्। उनीहरू डेढ वर्षदेखि सोही बाल सुधार गृहमा बस्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित