नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले समर्थन दिएपनि विगतमा उनीमाथि उठाउँदै आएको मुद्दाबारे मौन नरहने बताएका छन्।
शनिबार दिउँसो डाक्टर मुक्ति रिजालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबारे लेखेको पुस्तक ‘द भिजिनरी रिबेल’ को लोकार्पण समारोहमा महामन्त्री शर्माले कांग्रेस सरकरालाई सफल बनाउन लाग्ने तर उत्तिकै खरो भूमिकामा रहने बताएका हुन्।
‘कमरेड केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन हामी कांग्रेसका सबैले साथ दिन्छौं। तर उत्तिकै खरो भूमिकाका साथ प्रधानमन्त्रीलाई कुनै छुट हुनेछैन कि कांग्रेसका सांसदहरूले उभिएर विश्वासको मत दिएका छौं, त्यसकारण तपाईंको बारेमा विगतमा उठाएका मुद्दा सबै थान्को लगाउँछौं, त्यो हुँदैन,’ उनले भने।
Discussion about this post