बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौं फर्किन थालेका छन् ।
बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरू स्वदेश आएका हुन्।
आरक्षणको विरोधमा आन्दोलन चर्कंदै गएपछि त्यहाँ अध्ययनरत विद्यार्थीका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वदेश फर्काइदिन आग्रह गरेका थिए।
सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलन भड्किएपछि केही दिनदेखि बंगलादेश अशान्त छ । देशभर कर्फ्यु आदेश जारी भए पनि ठाउँठाउँमा झडप भइरहेको छ ।
Discussion about this post