Khabar Samachar

चर्चित पाकिस्तानी गायक राहत फतेह अली खान पक्राउ

244
VIEWS

चर्चित पाकिस्तानी गायक राहत फतेह अली खान पक्राउ परेका छन् । उनी दुबई विमानस्थलमा पक्राउ परेका हुन् ।

उनका पूर्वम्यानेजर सलमान अहमदको उजुरीपछि गायकलाई पक्राउ गरिएको पाकिस्तानी सञ्चार माध्यमहरूले बताएका छन् ।गायक संगीत कार्यक्रममा प्रस्तुति दिन त्यहाँ गएको बताइएको छ । यसैबिच गायक र उनका पूर्वम्यानेजरबिचको पहिला देखिकै तनावका कारण उनी अप्ठ्यारोमा परे । सलमान अहमदले राहतविरुद्ध दुबई र अन्य सहरहरूमा कानुनी मुद्दा दर्ता गराएको बताइएको छ । पहिला गायकलाई प्लेन चढ्नबाट रोकिएको र पछि उनलाई हिरासतमा राखिएको र त्यसपछि मात्रै पक्राउ गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित