नेपाली कांग्रेसका सचेतक सुशिला थिङले नवगठित मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागी नभएको भन्दै प्रश्न गर्दै महिलाहरु मन्त्री हुने योग्यता के हो भन्दै प्रश्न गरेकी छिन । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले जुनसुकै मन्त्रिमण्डल बनेपनि ३३ प्रतिशत महिला मन्त्री बनेको कहिल्यै देख्न नपाएको बताइन्।
कहिल्यै पनि ३३ प्रतिशत महिला क्याबिनेटमा देख्न नपाइने भो सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस नै हुँदैनन्’, उनले भनिन्, ‘मेरो उदाहरण प्रतिनिधि पात्र मात्र हो ।
त्यस्तै उनले जति पढेको मानिस भएपनि मन्त्री बन्नलाई महिला योग्य नभएको भन्दै आफ्नै उदाहरण दिइन्।
म कानुनमा स्नातक गरेकी छु, सोसोलोजीमा स्नातकोत्तर गरेकी छु तर म कहिल्यै मन्त्री बन्न योग्य भइनँ ।’
उनले आफूले समानुपातिक कोटाबाट उपाधि नपाएको भन्दै महिलाहरू कहिलेसम्म यो समानुपातिक दर्जामा दर्ज हुनुपर्ने हो भनेर प्रश्न गरिन् । ‘हामीलाई कहिले समान बनाउने हो ? संविधानमाथि उठेको प्रश्न भएकाले मैले संविधान लागू होस भनेको मात्र हो’, सांसद थिङको भनाइ छ ।
Discussion about this post