भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।रोजगारीको प्रलोभन देखाएर बेचबिखन गरी कश्मीरको श्रीनगरमा उनीहरूलाई ५ महिनादेखि बन्धक बनाइएको भन्दै ती नेपाली मजदुरलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।
सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
Discussion about this post