सेयर बजारमा दोस्रो पटकको सर्किट लागेको छ। पहिलो सर्किट ब्रेक खुलेको दुई मिनेटमै दोस्रो सर्किट ब्रेक लगेको ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।
नेपाल स्टक एक्सचेन्ज आइतबार पहिलो सर्किट ब्रेक खुलेको दुई मिनेटमै दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि कारोबार बन्द भएको हो ।
आइतबार प्रि ओपन सेसनमै नेप्से सूचक ३८ अंकले बढेर २६०६.४२ को बिन्दुमा अडिएको थियो । भने, कारोबार खुलेको १ मिनेटमै अर्थात् ११ बजेर १ मिनेटमै १०२.६८ अंकले बढेर शेयर बजारको कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ ।
नेप्से परिसूचक १२९.०७ अंकले बढे २६९७.२१ को बिन्दुमा अडिएको छ । दोस्रो सर्किट ब्रेकसम्म १३ लाख २०५ कित्ता सेयरको खरिदविक्री हुदाँ ५२ करोड ४९ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।
Discussion about this post