निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन्। संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने लगभग टुंगो भएपछि प्रधानले नाम फिर्ता लिएका हुन्।
आफूविरुद्ध संगठित दुष्प्रचार भइरहेकाले सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको उनको भनाइ छ ।
पत्रमा उनी लेख्छन्, ‘मैले निजउपर कुनै दुर्व्यवहार गरेको छैन भनी स्वीकार गर्दै मिलापत्र गरेको तथ्यलाई अन्देखा गरी न्यायिक समाधानको सम्मान गर्नुभन्दा बाहिर मेरा उपर निजी पारिवारिक एवं सामाजिक जीवनमा समेत अतिरञ्जित दुष्प्रचार गरी केही समूह सकृयतापूर्वक लागेर चालीसौं वर्षको मेरो गैरसरकारी संस्थाको योगदानको अवमूल्यन गरेकोबाट म दु:खित भएको छु । संगठितरूपमा लागेपछि झुठहरू कति डरलाग्दो रूपमा प्रभावकारी हुँदा रहेछन् भन्ने अहिले मैले महसुस गरेको छु ।’उनी लेख्छन्, ‘मेरो सम्बन्धमा संवैधानिक परिषदको सिफारिस प्रति निष्ठावान रहँदा रहँदै पनि म केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेकोले भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारी प्रति निष्ठावान रहने बचनबद्धता सहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिको लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकोले सम्मानित समिति समक्ष जानकारीको लागि अनुरोध गर्दै सो अनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु ।’
नेपालको संविधान र संसदीय सुनवाइ समितिको प्रकृयाको सम्बन्धमा आफ्नो उच्च विश्वास रहेको प्रधानको पत्रमा उल्लेख छ । भविष्यमा राज्यले दिने कुनै पनि जिम्मेवारीप्रति निष्ठावान रहने उनले जनाएका छन् ।
Discussion about this post