नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीविरूद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गर्न समिति गठन गरेको छ।
प्रहरी प्रधान कार्यालयले पनि छानबिन गठन गरिएको पुष्टि गरेको छ । प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरको निर्देशनमा प्रशासन विभागमा कार्यरत एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको हो ।एआईजी राईको नेतृत्वमा ५ जनाको छानबिन समिति बनाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । एआईजी ज्ञवालीमाथि प्रहरीको उजुरी छानबिन निर्देशनालयमा उजुरी परेकाले छानबिनका लागि समिति गठन गरिएको हो ।
Discussion about this post