Khabar Samachar

वर्तमान सरकारलाई स्टन्टबाजी गर्न आवश्यक छैन – परराष्ट्र मन्त्री राणा

205
VIEWS

परराष्ट्रमन्त्री आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी नरहेको बताएकी छन्।

बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरू रहेको उल्लेख गर्दै आफूहरुले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको बताइन्।

अहिले सरकारमा रहेका मन्त्रीहरुलाई र राजनीतिक दललाई हामी नै राम्रो हौँ भने प्रमाणित गरिरहनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित