भारतको हिमाचल र उत्तराखण्डमा पहिरोमा परी कम्तिमा ५० जना बेपत्ता भएका छन।
कुल्लु क्षेत्रको मलाणा हाइड्रोपावरको बाँध भत्किएको छ । सडक पनि भत्किएकाले सम्पर्क टुटेको छ । निरमण्डमा चारवटा पक्की पुल र २५ भन्दा बढी कच्ची पुल भत्किएका छन् ।
बाढी–पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ । सरकारको आपतकालीन बैठक पनि बोलाइएको छ ।
हिमाचल प्रदेश सरकारका एक मन्त्री जगत सिंहले सिमला जिल्लाको सरपारा गाउँमा मात्रै ३६ जना बेपत्ता भएको जानकारी दिएका छन् ।
Discussion about this post