सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलटलाई केएमसी अस्पतालले डिस्चार्जको तयारी गरेको छ । दुर्घटनामा घाइते क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सामान्यउन्मुख रहेकाले आजै डिस्चार्ज गर्ने तयारी रहेको प्रतिनिधिसभा सदस्य समेत रहेका अस्पतालका प्रमुख डा सुनील शर्माले जानकारी दिए ।
साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।
जहाजमा १९ जना सवार थिए। जसमध्ये १८ जनाको मृत्यु भएको थियो। दुर्घटनामा क्याप्टेन शाक्यको भने ज्यान जोगिएको थियो। सेना र प्रहरीले मिलेर उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्याएका थिए।
त्यहाँ सघन उपचार कक्ष (आइसियू)मा राखेर उनको उपचार भएको थियो। दुई दिनपछि स्वास्थ्य सुधारउन्मुख देखिएपछि उनलाई क्याबिनमा सारिएको थियो।
Discussion about this post