नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुन पदमुक्त भएका छन् । सरकारले उनीहरुलाई पदमुक्त गरेको पत्र साउन १८ गते पठाएको हो । सहसचिव इन्दिरा दाहालले दुवै सञ्चालकलाई छुट्टाछुट्टै पत्र पठाएर पदमुक्त भएको जानकारी दिएकी छन् ।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन् ।
Discussion about this post