Khabar Samachar

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतल गएको खबर

204
VIEWS

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतल गएको खबर आएको छ । प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगामुडा गरेपछि शेख र उनको बाहिनी बंगलादेश छाडेर सुरक्षित स्थानमा गएको बीबीसी हिन्दीले जनाएको छ ।

आज राजधानी ढाकामा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । जात्राबारी र ढाका मेडिकल कलेज क्षेत्रमा भएको प्रदर्शनमा सो मृत्यु भएको हो । कफ्र्यूको वेवास्ता गर्दै दशौं हजार बंगलादेशीहरू सडकमा उत्रिएका छन् ।  विद्यार्थी आन्दोलनको क्रममा बंगलादेशमा अहिलेसम्म कम्तिमा ३०० जनाको मृत्यु भइसकेको छ । आन्दोलन दबाउन गएको महिना सरकारले सेनालाई बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित