संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्री पदलाई ठूला र दुर्लभ पद नठानेको बताएका छन्।
बिहीबार अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा दुई उडान दुर्घटनाका विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
‘मन्त्री पदलाई मैले ठूलो र दुर्लभ पद ठानेको छैन। म आफ्नो ईमान र मेहेनतको भरमा काम गरिरहेको छुँ,’ पाण्डेले भने।
उनले अहिले मन्त्रालय मातहतका वेथिती र विसंगतिहरूलाई हटाउनका लागि १८ घण्टा काम गरिरहेको दाबी गरे।
हिजो भएको हेलिकप्टर दुर्घटनापछि आफ्नो साताव्यापी पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको उनले बताएका छन्।
Discussion about this post