Khabar Samachar

काभा महिला भलिबल खेल्ने १४ जना खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

204
VIEWS

सरकारले काभा महिला भलिबल लिगमा उपविजेता बनेको नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

त्यस्तै, नेपाली टोलीका मुख्य प्रशिक्षक १ जनालाई दुई लाख, व्यवस्थापक , प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार तथा सम्मान वितरण गर्ने निर्णय भएको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित