Khabar Samachar

Search
Close this search box.

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग परराष्ट्रमन्त्री आरजू राणाद्वारा भेटवार्ता

216
VIEWS

भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । मोदीसँग भेट भएकोबारे राणाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

भेटका क्रममा उनीहरुबीच नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताबारे छलफल भएको राणाले बताएकी छन् । आफ्नो परराष्ट्रमन्त्रीका रुपमा भएको भ्रमण र भेटवार्ताले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने राणाले अपेक्षा गरेको उल्लेख गरेकी छन् ।

‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु’, राणाले लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित