Khabar Samachar

रविलाई ठग, भ्रष्टाचारी र अपराधी प्रमाणित गर्न सक्छु – मुकुल ढकाल

204
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले स्पष्टीकरणको जबाफ दिएका छन्।

उनलाई बुधबार अन्तिम पटक स्पष्टीकरण सोध्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेको थियो।

त्यसको जबाफ लेख्दै उनले आफूले पार्टी हितविपरीत कार्य नगरेको बरु रास्वपा जोगाउन लागिपरेको दाबी गरेका छन्। साथै ढकालले सभापति रवि लामिछानेमाथि आरोप नै आरोपसमेत लगाएका छन्।

सभापति लामिछाने ‘ठग, भ्रष्ट र अपराधी’ रहेको आरोप ढकालको छ। सहकारी मुद्दामा लामिछाने जेल जान सक्ने ढकालको भनाइ छ।

‘मैले पत्र संख्या ०८१/८२ च.नं. ०५७ मिति २०८१/०५/०५ को पत्रमा भनिएअनुसार पार्टीको विधान र आचारसंहिता विपरीत कार्य गरेको छैन। बरु पार्टी जोगाउन म लडिरहेको छु। आज पार्टीलाई तपाईं रवि लामिछानेको निरङ्कुशता, व्यक्तिकेन्द्रित व्यवहार र सोचबाट जोगाउन लागिपरेको छु। तपाईं उपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु होइन। प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो। तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,’ उनले जवाफमा भनेका छन्।

‘तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु। कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस्,’ मुकुलको चुनौती छ।

‘तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टीविरूद्ध लाग्नु होइन, यो पार्टी हितमा हो। राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन। तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु,’ उनले भनेका छन्।

सहकारी मुद्दामा सभापति लामिछाने ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्ने उनले बताएका छन्। भ्रष्ट्राचार मुद्दामा पनि जेल जान सक्ने उनको जवाफ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित