तनहुँ बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए ।
दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ।
भारतीय नम्बर प्लेटको यात्रुवहाक बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो।
सशस्त्र प्रहरीका सहप्रवक्तासमेत रहेका डिएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।
Discussion about this post