नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
पार्टी कार्यालय, सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बस्नेतले भने, ‘गृहमन्त्री, सरकार हाम्रै छ, रवि लामिछाने थुन्न किन ढिला गरेको ?’शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण भेटिएपछि लामिछानेलाई पक्राउ गर्न ढिलाई गर्न नहुने बस्नेतले बताए ।
बैठकमा बस्नेतले भने– ‘रबि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो । सरकार र गृहमन्त्री हाम्रै छ ।दोहोरो पार्सपोर्ट र नागरिकता भएपछि के को ढिलाई ? सहकारी ठगी उनको थप अपराध हो । तुरुन्त थुनौं ।’
उनले लामिछानेलाई पक्राउ नगर्ने हो भने प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनुपर्ने समेत बताए । उनले नेतालाई छुट दिँदा जनतालाई किन छुट नदिने भन्दै प्रश्न समेत गरे ।
Discussion about this post