भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका सबै फर्म्याटबाट सन्यासको घोषणा गरेका छन् ।
धवनले शनिबार सामाजिक संजालमार्फत क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
धवन अन्तिम पटक गत अप्रिलमा आइपिएलमा पञ्जाब किंग्सको नेतृत्व गरेका थिए। उनले २६९ खेलमा २४ अन्तर्राष्ट्रिय शतकह प्रहार गरे । उनले भारतबाट ३४ टेष्ट, १६७ एकदिवसीय र ६८ टी-२०आई खेल खेलेका थिए ।
Discussion about this post