Khabar Samachar

तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने

201
VIEWS

पोखराबाट काठमाडौं जाने क्रममा मर्स्याङ्दी नदीमा खसेर ज्यान गुमाएका २७ जना भारतीय पर्यटकको शव लिन भारतीय एयरफोर्सको जहाज सिधै चितवन आउने भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नेपाल सरकारसँग भारतीय रक्षामन्त्रीको टोलीले छलफल गरेपछि चितवनबाट सिधै शव लैजाने निर्णय गरेको हो । आज दिउँसो ३ देखि साढे ३ बजेको समयमा एयरफोर्स जहाज भरतपुर मिनास्थलमा ल्याण्ड हुने उनले जानकारी दिए । प्रजिअ यादवका अनुसार आज बिहानैदेखि मृतकको शवको पोष्टमार्टम भइसकेको छ ।

यो समाचार तयार पार्दासम्म १६ जनाको पोष्टमार्टम सकिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएका छन् । उनका अनुसार भरतपुर अस्पतालका तीन जना डाक्टरले पोष्टमार्टम गरिरहेका छन् । दिउँसो साढे दुई बजेभित्र सबै शवको पोष्टमार्टम सकेर सिधै मुम्बइ लैजाने तयारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित