Khabar Samachar

सुनकोशीमा दुर्घटना भएको गाडी भेटियो,३ यात्रु बेपत्ता

212
VIEWS

सुनकोशी नदीमा खसेको गाडी भेटिएको छ। खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरेर काठमाडौँ आउँदै गरेका भक्तपुरका चार युवा सवार प्रदेश ३ ख ०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट आइतबार साँझतिर सुनकोसी नदीमा खसेको थियो। बेपत्ता हुनेमा भक्तपुरको सूर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीय अबिन बाँके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन्। अबिन हाइलक्सका चालक हुन्।

सोही गाडीमा सवार भक्तपुरकै २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटना हुँदा सडकमा फाल हानेर ज्यान जोगाएका छन्। सामान्य घाइते उनको उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए।

बेपत्ता तीन युवाको खोजीमा आइतबार बिहानैदेखि सुरक्षाकर्मी खटिएका एसपी काफ्लेले बताए।

‘बाढी आएको कारण अहिले सुनकोसीको पानी एकदमै धमिलो र लेदो छ। बेपत्ता भएकाहरुलाई बालुवाले पुरेको पनि हुनसक्छ। हामी सम्भावित सबै किसिमबाट खोजी गरिरहेका छौँ,’ एसपी काफ्लेले भने।

‘म अहिले घटनास्थलमै छु,’ उनले नेपालखबरसँग भने, ‘घटनास्थलदेखि तल १० किलोमिटर क्षेत्रसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन्।’

सशस्त्रको गोताखोर टोलीले नदीको झण्डै २५ फिट तल डुबेको अवस्थामा गाडी फेला पारेको हो। सडकबाट पल्टिएपछि गाडी झण्डै ५० मिटर तल पुगेर नदीमा डुब्दा त्यसमा सवार तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित