काठमाडौं सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ।
गत बिहीबार बिहान ९ बजे गोकर्णेश्वर नगरपालिका-१ को सुन्दरीजलको बोक्सेदहमा ढुंगामा च्यापिएको अवस्थामा भेटिएकी महिलाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
उनको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
एसपी अधिकारीका अनुसार मृतक सिराहा घर भई काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्दै आएकी राम दुलारी छिन्। उनको परिवार तथा आफन्त प्रहरीको सम्पर्कमा आइसकेका छैनन्।
हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका-५ घर भई बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरालाई पक्राउ गरेको हो।
मृतक महिलाको शव फेला परेपछि प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। घटनास्थलमा अनुसन्धान गर्दा शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको हो।
Discussion about this post