Skip to main content

Khabar Samachar

Search
Close this search box.

तीन दिनभित्र बिपीबाहेक सबै राजमार्ग सञ्चालनमा ल्याइने

206
VIEWS

सरकारले अबको तीन दिनभित्र बिपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने तयारी गरिरहेको जनाएको छ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालले संसदको पूर्वाधार समितिमा अबको तीन दिनभित्र बिपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने जानकारी दिएको हो।

मन्त्रालयका सचिव केशवकुमार शर्माले खुर्कोटको सिन्धुली रामेछाप जोड्ने पुलमा बेलिब्रिज जडान सुरू गरेको बताए।

फोक्सिङटार पुलमा भने तत्काल बेलिब्रिज जडान गर्न नसकिने जानकारी दिए।

यो पुलमा ८० मिटरको बेलिब्रिज आवश्यक पर्ने तर सरकारसँग ५० मिटरको पुल मात्र भएका कारण त्यहाँ का लागि चाहिने पुल झिकाउनु पर्ने हुँदा समय लाग्ने उनको भनाइ छ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले पुल तथा सडक पुनर्निर्माणका लागि २० देखि २५ अर्ब लाग्ने बताए।

‘सबैभन्दा धेरै समय बिपी राजमार्ग पुनर्निर्माणमै लाग्छ। १२ किमी सडक त नाम निशाना नै छैन,’ उनले भने।

पूर्वमन्त्री प्रकाश ज्वालाले सडकमा अलपत्र परेका यात्रु उद्धारमा सरकारले ध्यान दिनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित