Khabar Samachar

Search
Close this search box.

साफ च्याम्पियनसिप फाइनलको टिकट बुधबारमात्रै खुला गरिने

213
VIEWS

साफ महिला च्याम्पियनसिप फाइनलका लागि बुधबार (कात्तिक १४ गते) बिहान ८ बजेदेखि टिकट बिक्री हुने भएको छ।

भोलि दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन ठाउँबाट टिक बिक्री गर्ने जनाएको हो।

एन्फाका अनुसार एन्फा कम्प्लेक्स सातदोबाटो, जाउलाखेल र आर्मी ब्यारेक नजिक गरी तीन ठाउँबाट टिकट बिक्री हुने छ।

साधारणतर्फ १० हजार र भीआईपीका लागि १ हजार टिकट मात्रै बिक्री गरिने एन्फाले जनाएको छ।

यस्तै, एन्फाले माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग टिकट बिक्री सम्झौता रद्द गरेको छ भने अनलाइनबाट समेत नबेच्ने भएको छ। यसअघि फाइनल खेलका लागि अनलाइन टिकट खरिद गरेकाहरूको पैसा भने फिर्ता गरिने भएको छ।

यसअघि सोमबार सूचना प्रकाशित गरी एन्फाले ‘अर्को सूचना जारी नभएसम्मका लागि’ टिकट बिक्री बन्द गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित