Khabar Samachar

Search
Close this search box.

रास्वपा नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने

217
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै प्रदर्शन गरिरहेका नेताहरूविरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता हुने भएको छ।

अधिवक्ता अनुपम भट्टराईले दिएको रिट दर्ताको प्रक्रियामा रहेको उनले जानकारी दिए।

‘रास्वपा नेताहरूले हुलहुज्जत गरी अदालतको अवहेलना गरेकाले म कात्तिक १४ गते सर्वोच्चमा रिट लिएर गएको थिएँ,’ उनले सेतोपाटीसँग भने, ‘सहरजिष्‍ट्रारले रिट दरपीठ गरिदिनुभयो। मैले पुन: निवेदन दिएपछि उक्त दरपीठ बदर भयो। अहिले दर्ता हुने प्रक्रियामा छ।’

न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश गरेको हो । अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै  अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने,आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए ।

अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतम लगायतलाई विपक्षी बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित