Khabar Samachar

युएईलाई पराजित गर्दै नेपाल यू-१९ महिला विश्वकपमा छनोट

202
VIEWS

संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपाली महिला यू-१९ टोली आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट भएको छ।

आइसिसी यू-१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले निर्णायक तथा अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गरेसँगै रनरेटमा पनि सुधार गर्दै विश्वकपमा स्थान पक्का गरेको हो। चार टोलीबीच भएको छनोटमा नेपाल र युएईले समान ५-५ जित निकाल्दा १०-१० अंक जोडे। नेपालको रनरेट ३.९ रहदा युएईको ३.७ रह्यो।

निर्णायक तथा अन्तिम खेलमा युएई दिएको ८४ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १४.४ ओभरमै पूरा गर्‍यो। चाडै लक्ष्य पूरा गर्दा नेपालले रनरेट सुधार गर्न सफल भएको हो।

नेपालका लागि ओपनर सना प्रवीनले नटआउट ३५ रन र सोनी पाख्रिनले नटआउट १३ रन जोडे।

अर्की ओपनर सावित्री धामीले १२ रन जोड्दा कप्तान पूजा महतोले २१ रन बनाइन्। एलबिडब्लूको धरापमा पर्नुअघि पूजाले १८ बलमा ४ चौका प्रहार गरिन्।

अजमानस्थित द सेभेन्स रंगशालामा टस जितेर ब्याटिङ गरेको घरेलु टोली युएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो।

खेलमा युएईका लागि समइरा धर्नीधर्काले सबैभन्दा बढी ३१ रन जोडिन्। उनले ४८ बलमा १ चौका प्रहार गरिन्।

बलिङमा नेपालकी कृष्मा गुरुङले चार विकेट लिइन्। उनले १८औं ओभरमा तीन विकेट लिँदा नेपालले खेल नियन्त्रणमा लिएको थियो। कृष्माले चार ओभर बलिङ गर्दा १७ रन दिइन्। यस्तै नेपालका लागि रिया शर्मा र सीमा केसीले दुई दुई विकेट लिए।

दुवै टोलीले एक-एक खेलमा हार ब्यहोरे। युएईले पहिलो चरणको लिगमा नेपाललाई हराएको थियो। बुधबार नेपालले युएईलाई दोस्रो चरणको लिगमा पराजित गरेसँगै रनरेटमा अघि रहन सफल भयो।नेपाल यू–१९ विश्वकपमा पुग्ने लक्ष्यका साथ यूएईमा हुने छनोट खेल खेल्न गएको थियो । कुवेत, नेपाल, थाइल्याण्ड र यूएई गरी चार टोली सहभागी एसिया छनोटबाट एक टोली मात्र विश्वकपमा पुग्न सक्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित