Khabar Samachar

Search
Close this search box.

एयरपोर्टस्थित होटलमा युवक-युवती मृत फेला

241
VIEWS

एयरपोर्ट स्थित एक होटलमा युवक-युवती मृत फेला परेको छ । आइतबार बिहान काठमाडौं महानगरपालिका-९ एयरपोर्टस्थित  होटल जन्मभुमीमा युवायुवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

दुई जना चौथो तलाको बरण्डामा मृत फेला परेका हुन्।

उनीहरूको पासपोर्ट प्रहरीले फेला पारेको छ। मृतक सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङका २९ वर्षीया सर्मिलाकुमारी माझी छन्।शनिबार साँझ पौने ७ बजे उनीहरू कोठा नम्बर १२० मा बसेका थिए। दुबै जना बरण्डाको रेलिङमा सेतो सलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। आइतबार बिहान साढे ७ बजे प्रहरीलाई खबर भएपछि परिसर, प्रहरी वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली पुगेर अनुसन्धान अघि बढाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित