Khabar Samachar

Search
Close this search box.

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासन गर्ने कांग्रेसको चेतावनी

214
VIEWS

सत्तारूढ दल नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागी उमेदवार दिएकाले नाम फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने उर्दी जारी गरेको छ ।

निर्वाचन आयोगले आज विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ । उक्त समयभित्र उम्मेदवारी  फिर्ता नलिने बागी उम्मेदवारका साथै उनको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने पौडेलले बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित