Khabar Samachar

Search
Close this search box.

व्यवसायीलाई धम्क्याएको आरोपमा दुर्गा प्रसाईंका सहयोगी पक्राउ

213
VIEWS

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतीय गुण्डा नाइकेको नाम लिएर व्यवसायीलाई धम्क्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुँयालविरुद्ध आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान हुने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले झापाको मेचीनगर–१३ चारआलीबाट उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका फुयाँललाई सीआईबीको कार्यालय लाजिम्पाटमा ल्याइसकिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।

प्रहरीको उजुरी पक्राउ पुर्जीका आधारमा पक्राउ परेका उनीविरुद्ध अब अदालतबाट पक्राउ पुर्जी जारी गराउने र म्याद थपको प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ । उनीमाथि आपराधिक विश्वासघातको कसुरमा म्याद लिएर अनुसन्धान गरिने बोगटीले बताए ।

केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो ।

त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो । अहिले झापाबाटै सीआईबीले फुँयाललाई पक्राउ गरेको हो ।

‘प्रसाईंको नाममा पनि धम्की आएको भन्ने गुनासो थियो । अहिले झापाकै मान्छे पक्राउ परेकाले यस विषयमा थप गहन अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ सीआईबीका एक अधिकृतले भने ।

जसको नाम लिएर धम्की दिएको भनिएको छ, ती दुवै व्यक्ति जेल र हिरासतमा छन् । प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ ।

विश्नोई भने अहिले भारतको सबैभन्दा तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटक–पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित