Khabar Samachar

Search
Close this search box.

कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

201
VIEWS

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णालीले याक्सले अन्तिम दुई ओभरमा ४३ रन जोड्दै जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ।

सोमबार दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरूद्ध टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन जोड्यो।

कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ३९ रन जोडेपछि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको हो ।

अन्तिम दुई बल बाँकी हुँदा रनआउट भएका अर्जुन घर्तीले २२ बलमा ३३ रन र सोमपाल कामीले  १३ बलमा नटआउट २९ रन जोडे।

अर्जुनले १९औं ओभरमा जनकपुरका हर्ष थाकरलाई २२ रन प्रहार गरेका थिए। उनले त्यसका लागि दुई चौका र दुई छक्का प्रहार गर्दा एक पटक दुई रन लिए। अन्तिम ओभरमा कप्तान सोमपालले जिमी निशमलाई २१ रन प्रहार गरे। सोमपालले तीन चौका र एक छक्का प्रहार गरे।

अर्जुन र सोमपालबीच सातौं विकेटका लागि ५६ रनको साझेदारी भएको थियो।

त्यसअघि कर्णालीले सुस्त सुरुवात गरेको थियो। उसले १८ ओभरसम्ममा ९६ रन जोड्दा ६ विकेट गुमाएको थियो।

ओपनर देव खनालले दोस्रो ओभरको पहिलो बलमा ललित राजवंशीबाट बोल्ड हुनुअघि पाँच बलमा एक रन मात्र जोड्न सके।

उनका ओपनिङ पार्टनर भारतीय ब्याटर शिखर धवनले १४ रन भन्दा बढी जोड्न सकेनन्। पाँचौं ओभरमा जनकपुरका क्यानेडियन बलर हर्ष थाकरबाट बोल्डहुनुअघि उनले १४ बलमा ३ चौका प्रहार गरे।

त्यसपछि चाडविकेट वाल्टन मोहमद मोसिनको एलबिडब्लूको धरापमा परे। वेस्ट इन्डिजका विकेटकिपर ब्याटर वाल्टनलाई अमेरिकामा बसेर क्रिकेट खेल्ने पाकिस्तानी मूलका बलर मोहमद मोहसिनले सातौं ओभरमा पेभिलियनको बाटो देखाए।

अर्को ओभरमा जिमी निशमले जिशन मक्सूदलाई पनि शून्यमा एलबिडब्लूको धरापमा पारेका थिए। त्यसपछि बाबर हायत र गुल्सन झाले कर्णालीको रन बढाउन कोशिस गरे।

तर बाबर १४ ओभरम २५ बल खेलेर १२ रन मात्र जोडेर आउट भए। उनले कुनै बाउन्ड्री हान्न सकेनन्। गुल्सन झाले ३६ रन जोडे। १६औं ओभरमा किशोर महतोबाट बोल्ड हुनुअघि उनले २७ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

बलिङमा जनकपुरका मोहसिनले २ विकेट लिँदा किशोर महतो, ललित राजवंशी, हर्ष थाकर र जिमी निशसले एक एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित