Khabar Samachar

Search
Close this search box.

यू-१९ महिला एसिया कप पाकिस्तानमाथि नेपालको जित

202
VIEWS

मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

१०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् ।

पूजाले नटआउट ४७ रन जोड्ने क्रममा ४७ बलमै ३ चौका प्रहार गरिन्।

पूजासँग सीमाना केसीले पाँचौ विकेटका लागि ४९ रनको साझेदारी गर्दै दरिलो साथ दिइन्। सीमानाले नटआउट १२ रन जोडिन्।

त्यसअघि नेपालकी ओपनर सना प्रवीन १० रनमा रनआउट भइन्। अर्की ओपनर सावित्री धामीले ८ रन जोड्दा सोनी पाख्रिन १३ रनमा रनआउट भइन्। लगत्तै ज्योत्स्निका मरासिनी शून्यमा आउट भएकी थिइन्।

त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १०४ रन जोड्यो।

उसका लागि ओपनर तथा विकेटकिपर ब्याटर कोमल खानले ३८ रन जोडिन्। यस्तै मोहम अनीसले नटआउट २९ रनको योगदान दिइन्।

बलिङमा नेपालकी कप्तान पूजा महतोले २ विकेट लिइन् भने रचना चौधरी, रिया शर्मा र सीमाना केसीले १-१ विकेट लिए।

समूहमा नेपाल र पाकिस्तानसँगै भारत छ। नेपालले आइसिसी यू-१९ विश्वकपअघि एसिया कप खेलेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित