Khabar Samachar

Search
Close this search box.

गृहमन्त्रीको निर्देशन- हिरासतको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्नू

204
VIEWS

गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले बिहीबार प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।

‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकले भने, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।’

त्यसैगरी प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि यस घटनाको अनुसन्धान सुरू भएको बताए।

कास्की हिरासतमा सुतिरहेका रवि लामिछानेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उक्त तस्बिर डा. निकोलस भुसालले खिचेर फेसबुकमार्फत् सार्वजनिक गरेको स्वीकार गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित