नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ।
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो।
योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ।
लिग चरणमा जनकपुर ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले सुदूरपश्चिमसँगको खेल गुमाएको थियो।
लाहिरु मिलान्थाको विस्फोटक ब्याटिङमा जनकपुरले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचालेको हो।
Discussion about this post