Khabar Samachar

विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्ने प्रयास, कर्मचारीसहित ५ जना पक्राउ

201
VIEWS

दुई किलोभन्दा बढी सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विमानस्थलका सफाइ कर्मचारी समेत छन्।

नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो। सरकारले साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाएर अनुसन्धान गरेयता संगठित रुपमा सुन तस्करी भएको भटिएको थिएन ।

पक्राउ परेकाहरुको साथबाट २ किलो ३३२ ग्राम सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ। विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल भन्छन्, ‘विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि तीन जना कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् ।’बिहीबार दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमानको शौचालयमा रहेको डस्टबिनमा २ केजी २ सय ३२ ग्राम सुन लुकाएर ल्याएको पाइएको हो ।

पक्राउ पर्नेमा पाँचथरको याङवरक-५ का २८ वर्षीय भीमकुमार माबो, नुवाकोटको तादी-५ का २७ वर्षीय सुमन तामाङ, उदयपुरको लिम्चुङबुङका -२ का २८ वर्षीय राजेश राई, दोलखाको गौरिशंकर-२ का ४१ वर्षिय हेमबहादुर थापा र सप्तरीको सुरुङ्गा-४ का ३६ वर्षीय ताराकान्त चौधरी छन् ।

चौधरी हिमालय एयरलाइन्सको विमानमा सफाइ कर्मचारी उपलब्ध गराउने कम्पनी सुनगाभा सप्लायर्स एन्ड सरसफाइका सुपरभाइजर हुन्  भने माबो र तामाङ सरसफाइ कामदार हुन् ।

माबोले विमानको शौचालयभित्र रहेको डस्टबिनमा राखिएको सुन लिएर बाहिर आएको र फोहोर जम्मा गर्ने ठाउँमा सुमनसँग बाँडेर बाहिर पास गर्न खोजेको विमानस्थल प्रहरीको दाबी छ।

थापा ट्याक्सी चालक हुन् । थापा र राई सुन लिन बाहिर कुरिरहेको अवस्थामा पक्राउ परेको विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालले  बताए । ‘उतैबाट सुन शौचालयमा राखेर पठाएजस्तो देखिन्छ’, एसएसपी ढकालले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित