Skip to main content

Khabar Samachar

Search
Close this search box.

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

208
VIEWS

शक्ति समूहकी संस्थापक सदस्य तथा सुनिता फाउन्डेसनकी संस्थापक सुनिता दनुवारको निधन भएको छ।

सोमबार बिहान अचेत अवस्थामा गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेज पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको शक्ति समूहकी सदस्य उर्मिला श्रेष्ठले जानकारी दिइन्।

४७ वर्षीया दनुवार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ मा बस्थिन्। उनी केही दिनअघि मात्रै थाइल्याण्डबाट फर्केकी थिइन्।

‘श्रीमानले उहाँ अचेत अवस्थामा रहेको चाल पाएपछि बिहान ६ बजेतिरै अस्पताल ल्याउनुभएको रहेछ। अस्पतालले मृत्यु भइसकेको भनेको छ,’ श्रेष्ठले भनिन्।

डाक्टरहरूले उनको मृत्युको कारण खुलाइनसकेको पनि श्रेष्ठले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित