Khabar Samachar

Search
Close this search box.

युएईको इन्टरनेसनल लिग टी-२० खेल्दै कुशल मल्ल

206
VIEWS

नेपाली राष्ट्रिय टोलीका ब्याटिङ अलराउन्डर कुशल मल्लले युएईको इन्टरनेसनल लिग टी-२० खेल्ने भएका छन्।

आगामी महिना सुरू हुने सन् २०२५ को सिजनका लागि मल्लसँग डेजर्ट भाइपर्सले सम्झौता गरेको हो।

यसअघि टोलीमा रहेका नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडे घाइते भएपछि उनको स्थानमा मल्लले खेल्ने भएका हुन्।

बास डी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्समा आबद्ध भए पनि घाइते भएपछि स्वदेश फर्किएका थिए।

भाइपर्सले उनको सम्झौता रकम नखुलाए पनि यो लिगको खेलाडीको तलब कम्तिमा पनि २० हजार अमेरिकी डलर छ।

२० वर्षीय मल्लले सिजनको एनपिएलमा चितवन राइनोजको कप्तानी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित