Khabar Samachar

Search
Close this search box.

अवैध कल सेन्टरबाट तीन जना भारतीय नागरिकसहित ५३ जना पक्राउ

229
VIEWS

ललितपुरको सातदोबाटोस्थित एक घरमा अवैध कल सेन्टर चलाएको आरोपमा प्रहरीले ५३ जनालाई नियन्त्रणमा लिएको छ।

सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अपरेशन चलाएर सातदोबाटोस्थित कल सेन्टरमा पुगेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार घर भाडामा लिएर कल सेन्टर चलाइरहेको सूचना पछि प्रहरीको टोली खटिएको थियो। उनीहरू तीन तले घरमा बसेका थिए।

कम्पनी नै दर्ता गरेर कल सेन्टर र जुवा खेलाउने लगायतका काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी बोगटीले बताए।

पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक छन्। अन्य सबै नेपाली नागरिक छन्। उनीहरूमाथि अनुसन्धान गरेर मंगलबार म्याद थप्ने तयारी सिआइबीको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित