कृषि विज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको छ । माघ १० गते बिहीबार जल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई दोषी ठहर गरेका हुन् ।
राईलाई उनी आफैंले खोलेको ‘सुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग थियो । ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूको आरोप थियो ।
Discussion about this post