माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पूर्वी पहाडी जिल्ला तेह्रथुम प्रस्थान गरेका छन्। सोमबार बिहान माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई साथमा लिएर प्रचण्ड काठमाडौँबाट सैनिक हेलिकप्टरमा तेह्रथुम प्रस्थान गरेका हुन्।
प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त पनि तेह्रथुम जाँदैछन् ।
प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्नेछन् । त्यहाँबाट उनी प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन् ।
पाँचथरको गोपेटार प्रहरी चौकी आक्रमणका क्रममा घाइते भएका निःशस्त्र लडाकुहरू उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो ।
प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन ।
उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् । मङ्गलवार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको सालिक अनावरण गर्नेछन् ।
दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभा हलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने माओवादी केन्द्र तेहथुमका नेता रघु गौतमले जानकारी दिए ।
Discussion about this post