Khabar Samachar

Search
Close this search box.

‘नो केबुलकार समूह’ ले पनि बनायो सरकारसँग वार्ता गर्न समिति

210
VIEWS

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार बनाउन नहुने पक्षमा रहेको ‘नो केबलकार समूह’ ले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ ।

नो केबुलकार समूहले सरकारसँग वार्ता गर्न प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता समिति बनाएको हो । वार्ता समितिमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य छन् । उक्त समूहले प्रेस विज्ञप्ति जारी गर्दै वार्ता समिति गठनबारे जानकारी गराएको हो ।

सरकारले केबुलकार निर्माण गर्ने क्रमममा उत्पन्न विवाद समाधान गर्न सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित