Khabar Samachar

Search
Close this search box.

विद्युत प्राधिकरणका कारण बबरमहलमा पाइप फुटेर डुबान भयो : मन्त्री यादव

201
VIEWS

 

मेलम्ची खानेपानी आयोजनाको ३० लाख लिटर पानी पाइप अर्को सरकारी निकाय नेपाल विद्युत् प्राधिकरणले लापरबाहीपूर्ण ढंगले फुटाइदिएपछि बबरमहलको सडक, सरकारी कार्यालय र निजी घरहरू जलमग्न हुनपुगे ।काठमाडौँको बबरमहलमा रहेको खानेपानी वितरण प्रणालीको पाइप फुटेको स्थलको खानेपानीमन्त्री प्रदीप यादवले निरीक्षण गरी तत्काल जनजीवन सहज पार्न निर्देशन दिएका छन्।प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने परियोजनाअन्तर्गत बबरमहलको चिल्लो सडक खनेको थियो, तर त्यहाँ त्यसरी काम गर्दैछौं भनेर उसले सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं महानगरपालिका कसैसँग पनि समन्वय गरेको थिएन ।

 

नेपाल विद्युत प्राधिकरणले विद्युतको लाइन भूमिगत गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न भएको हो।

उक्त खबर पाउनासाथ पोखराबाट तत्काल काठमाडौँ आइ अहिले पाइप फुटेर पानी बगिरहेको ठाउँ बबरमहल आइपुगेको बताउँदै मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पानी बन्द गरिसकेको जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित