Khabar Samachar

Search
Close this search box.

नियुक्तिमा वरियता र प्रक्रिया मिचिनुले विधिको शासनको खिल्ली उडायो : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

207
VIEWS

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा वरियता र प्रक्रिया मिचिनुले विधिको शासनको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।

तेस्रो वरियताका एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णयप्रति आपत्ति जनाउँदै कोइरालाले प्रहरी संगठनलाई फेरि विवादमा ल्याउने काम भएको उल्लेख गरेका छन् ।

‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ’, कोइरालाले ट्वीटमार्फत भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित