आइसिसी च्याम्पियन्स ट्रफीमा आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीच खेल हुँदैछ। प्रतियोगिताको आयोजक पाकिस्तान भए पनि यो खेल आज दिउँस पौने तीन बजेदेखि दुबईमा सुरु हुनेछ।
भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि भारतका सबै खेल युएईमा हुँदैछन्।
पाकिस्तानमा २९ वर्षपछि आइसिसी प्रतियोगिता भए पनि उसले भारतविरूद्धको खेल भने देशबाहिर खेल्नु पर्ने बाध्यता छ। समूह ‘ए’ मा रहेका दुवै टोलीले यसअघि एक एक खेल खेलिसकेका छन्।
जसमा भारतले बंगलादेशलाई पराजित गरेको थियो। तर पाकिस्तानले भने घरेलु मैदानमा न्युजिल्यान्डसँग हार ब्यहोरेको थियो।



























Discussion about this post