Khabar Samachar

Search
Close this search box.

कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन : योगेश भट्टराई

202
VIEWS

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारको विरोधमा भइरहेका गतिविधिबारे ध्यानाकर्षण गराएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले कानूनअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको कुरा बिर्सन नहुने बताएका छन् ।

‘नेपालको ऐन कानूनको व्यवस्थाअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै काम अगाडि बढाएको हो’, सांसद भट्टराईको भनाइ छ ।

उनले भने, ‘विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर, सीमा हुन्छ । सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनु पर्छ ।’

‘ताप्लेजुङमा कुबुलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना घटिरहेको छ,’ भट्टराईले भने, ‘नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै निजी क्षेत्रले केबुलकारको काम अगाडि बढाएको हो ।’

‘त्यसमा विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर विरोधका सीमा हुन्छ । सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनुपर्छ भन्ने मान्यता हो,’ उनले भने ।

विकासका विरोधी कोही पनि नभएको भन्दै धर्म संस्कृतिलाई राजनीतिमा प्रवेश गराउन नसकेको उल्लेख गरे ।

‘विकास विरोधी कोही पनि छैन । धर्म र संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छौं त्यसले भयंकर विवाद ल्याउँछ । हामीले देखेकै कुरा हो । त्यसैले हामी सबै मिलेर बसेको देशमा यो खालको स्थिति सिर्जना हुनु दुःखद हो,’ उनले भने ।

शनिबार राति केबुलकारविरोधी समूहले गरेको मसाल जुलुसका कारण ताप्लेजुङ बजार अशान्त भएको भन्दै सुरक्षाकर्मीको संयमताले थप नोक्सानी हुनबाट जोगिएको जिकिर गरे ।

उनले विरोध गर्ने अधिकार सबैलाई भए पनि त्यसको पनि शैली हुने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित