अमेरिकामा ट्रम्प प्रशासनले यूएसआईडीका धेरैजसो कर्मचारीलाई कि बिदा दिएको छ कि बर्खास्त गरेको छ।
संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग अर्थात् यूएसएडका का ४ हजार २०० कर्मचारीलाई बिदा दिइएको हो।
अनि कम्तीमा १ हजार ६०० कर्मचारीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ।
हालसम्म यीमध्ये कति कर्मचारीहरूलाई पुनः काममा फर्काइनेछ भन्ने स्पष्ट छैन।
ट्रम्प प्रशासन एलन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसेन्सी (डोज) योजनाअन्तर्गत संघीय कर्मचारीहरूको सङ्ख्या घटाउने प्रयासमा छ, जसको उद्देश्य सरकारी खर्च कटौती गर्नु हो।
































Discussion about this post