न्युजिल्यान्डलाई पराजित गर्दै भारत समूह विजेताको रुपमा आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेल्ने भएको छ।
आइतबार राति सकिएको खेलमा भारतले न्युजिल्यान्डलाई ४४ रनले पराजित गर्दै च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको हो।
भारतसँगको हारले न्युजिल्यान्ड भने समूह उपविजेताको रुपमा सेमिफाइनल खेल्ने भएको छ।
यसअघि नै सेमिफाइनल पुगिसकेका दुई टोली समूह विजेता र उपविजेताको रुपमा अन्तिम चार खेल्ने भएका हुन्।
यो खेलसँगै च्याम्पियन्स ट्रफीको सेमिफाइनल समिकरण पूरा भएको छ। भारतले अब सेमिफाइनलको पहिलो खेलमा समुह वि को उपविजेता टोली अष्ट्रेलियाविरुद्ध खेल्नेछ। न्युजिल्यान्डले भने समुह बी को विजेता टोली दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ।सेमिफाइनलका खेलहरु मंगलबार र बुधबार हुनेछ।
Discussion about this post